धुम्वाराहीवाट थापाथलीमा सर्दै एमालेको केन्द्रीय कार्यालय

March 24, 2021 6:45 pm

काठमाण्डौ , चैत्र ११
नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्वाराहीवाट थापाथलीमा सर्ने भएको छ । धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा आउजाउमा असहज हुने भएपछि थापाथलीमा सर्ने हो ।

सञ्जय अग्रवालको घरमा कार्यालय सर्ने लगभग पक्का भएको एमाले पार्टी कार्यालयका जनाएको छ । पुरानो शैलीमा निर्मित घरको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षणसमेत गर्नुभएको छ ।

नेकपा एमालेले मदननगर बल्खुमा नयाँ भवनको छिटटै शिलान्यास गर्ने र नयाँ भवनको काम पूरा नहुञ्जेल थापाथलीमा नै कार्यालय रहने सम्भावना रहेको एमालेले जनाएको छ ।