बकुलहर कुलो निर्माणको आयव्यय सार्वजनिक

March 22, 2021 9:58 pm

रत्ननगर , चैत ९
रत्ननगर–१, बकुलहरमा कुलो निर्माण योजनाको सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरी खर्च विवरण सार्वजनिक गरिएको छ । कुलो निर्माणका लागि ४८ मिटर कुलो निर्माण सम्पन्न गर्नको लागि रत्ननगर नगरपालिकालाई संघीय सांसद् कोषबाट दस लाख रुपैयाँ उपलब्ध भएको थियो त्यसमा उपभोक्ता नगद साझेदारी कोषबाट एक लाख आठ हजार रुपैयाँ र उपभोक्ता जन श्रमदानबाट २१३.७७ रुपैयाँ गरी जम्मा एघार लाख आठ हजार २१३.७७ रुपैया उपलब्ध गराएको थियो ।

निर्माण कार्य सम्पन्न गर्नको लागि ११ लाख १० हजार ८३३ दशमलव २९ रुपैयाँ खर्च भएको निर्माण आयोजना समितिकी कोषाध्यक्ष शारदा अधिकारीले जानकारी दिइन् । उपलब्ध बजेटबाट ४८ मिटरभन्दा बढी अर्थात् ७७.५ मिटर काम भएको कुलो निर्माण आयोजना समितिका अध्यक्ष कृष्णलाल श्रेष्ठले बताए ।

कार्यक्रममा कुलो निर्माण गर्न महत्त्वपूर्ण योगदान गरेबापत स्थानीय गोकुलप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । सहयोगी सबैलाई धन्यवाद दिँदै समितिका सचिव गीतानाथ अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा जनप्रतिनिधि बाबुराम गौतम, रत्ननगर नगरपालिका वडा नं १ का सचिव सूर्यप्रसाद ढुङ्गाना र स्थानीयवासीको उपस्थिति रहेको थियो ।