गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय

March 18, 2021 2:27 pm

काठमाडौं,चैत ५
गुटगत भेला गर्नेलाई कारबाही गर्ने नेकपा एमालेको संसदीय दलको बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले भने बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।