कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

March 17, 2021 5:14 pm

काठमाण्डौ,चैत ४ – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री वनेका थिए। अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसंगै मुख्यमन्त्री शाहीले पद गुमाउने लगभग निश्चीत भएको छ ।