पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

March 17, 2021 8:59 am

काठमाडौं चैत, ४
मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।
अस्पतालले जनाए अनुसार जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
फागुन १४ गते नर्भिकमा भर्ना गरिएको जोशीलाई मष्तिष्कघात भएको हो ।