सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

March 16, 2021 7:19 pm

सिन्धुली,चैत ३
सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । मृत्यु भएका ४ जनाको घटनास्थलमै ज्यान गएको हो ।
बा १७ च १११७ नम्बरको जीप दिउँसो दुर्घटना भएको हो । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।