माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन

March 16, 2021 7:09 pm

चैत ३,काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सिंहदरबारको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको हो।

त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन भएका छन्। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसमेत गरेको वैठकमा सहभागी नेताले वताएका छन ।

वैठकमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने पनि निर्णय गरेको छ ।

पार्टी परित्याग गरेका सांसदसँग अन्तिम छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको तीन सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने वैठकमा सहभागी नेता वर्षमान पुनले जानकारी दिए ।