रत्ननगर जेसिज द्वारा पोल्ट्री उद्यमशिल तालिम सम्पन्न

March 15, 2021 11:46 pm

रामु आचार्य
फागुन २, रत्ननगर
रत्ननगर जेसिजको आयोजनामा पोल्ट्री उद्यमशिल तालिम सम्पन्न भएको छ । रत्ननगर स्थित बेडरक रिसोर्टमा आज सम्पन्न भएको कार्यक्रममा स्थानिय किसान लगाएत ७० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक जेसी सुरेशजंग पाण्डेले जानकारी दिए ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक डा। आकांक्षा हाडा र डा। नबिन न्यौपानेले कुखुरा कसरी पाल्ने, कुखुराको कसरी व्यवस्थापन गर्ने, कुखुरामा लाग्न सक्ने रोग, कुखुरामा लागेको रोगलाई कसरी व्वस्थापन गर्ने सम्पन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा पुर्व अध्यक्षहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै जेसी रुपनराज घिमिरेले रत्ननगर जेसिज बर्ष २०२१ ले समग्र आर्थिक पाटो सवल बनाउने खालको कार्यक्रम ल्याएको प्रति खुसि व्यक्त गर्दै आगामी दिनमा कृषि, पर्यटन, सामाजिक विकास लगाएतका क्षेत्रमा जेसिज लागिपर्ने बताए ।

न्यु होप एग्रो बिजनेस नेपाल र शिवशक्ति पाण्डे सप्लायर्सको सहयोगमा आयोजना भएको कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२१ का अध्यक्ष जेसी हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।