किन आकर्षित भएनन् आरएसडिसी लघुवित्तको हकप्रदमा लगानीकर्ता, नविकेको हकप्रद लिलाममा

August 30, 2018 12:53 pm

काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नबिकेको २ लाख ९१ हजार ४९० कित्ता हकप्रद बोलकबोलबाट लिलाम बिक्री गर्ने भएको छ। संस्थाले भदौ १८ देखि २५ गतेसम्म लिलाम बिक्री आह्वान गरेको छ।

संस्थाले असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत अर्थात २१ लाख ५९ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो। जसमा सर्वसाधारणतर्फ ८५ हजार २६३ कित्ता र संस्थापक तर्फ २ लाख ६ हजार २२७ कित्ता हकप्रद बिक्री भएको थिएन। लिलाम आवेदनको लागि सर्वसारधाणतर्फ न्युनतम १०० कित्त र संस्थापक तर्फ १००० कित्ताको लागि आवदेन दिनु पर्नेछ। अधिकतम आवेदन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको सिमा ननाघ्ने गरि पाइनेछ।

बोलपत्र आवेदनको लागि एनआइविएल एस क्यापिटल तथा यसका शाखा कार्यालयहरु, संस्थाको केन्द्रीय कार्यालय बुटवल, नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट पाइनेछ।

दोस्रो बजारमा कम्पनीको मूल्य ५०० रुपैयाँ छ। एक वर्ष भित्रमा कम्पनीको बजार मूल्य अधिकतम ३२५० रुपैयाँ सम्म पुगेको थियो। यस विचमा शेयरधनीले १३ प्रतिशत नगद लाभांस पाएका छन् भने ६० प्रतिशत हकप्रद शेयर।

संस्थाको हालको चुक्ता पूँजी ३५ करोड ९९ लाख रहेको छ भने २१ लाख ५९ हजार कित्ता हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ।