
काठमाडौं। बेष्ट फाइनान्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फाइनान्सले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। संस्थाले जेठ २९ गतेसम्म कायम शेयरधनीहरुको लागि ११ लाख ८६ हजार कित्ता हकप्रद बिक्री खुला गरेको छ।
हकप्रद आवेदनको लागि प्रभु क्यापिटल कमलादी, फाइनान्सको केन्द्रिय कार्यालय कमलादी साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। त्यस्तै युनियन हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्रका लागि निष्काशन गरेको आइपिओ आजबाट निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ।
कम्पनीले प्रतिशेयर एक सय रुपैयाँको दरमा ७ लाख ५० हजार कित्ता शेयर प्रभावित क्षेत्र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको वडा नं ८,९ र १०, वेशिसहर नगपालीकाको वडा नं ५ र १० र कास्की जिल्लाको रुपा नगरपालिकाको वडा नं १ का वासिन्दाको लागि निष्काशन गरेको छ।
प्रभावित बासिन्दाले न्युनतम ५० कित्ता देखि अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन्। आवेदनको लागि लमजुङ जिल्लामा रहेका सिआस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।