वीरगंज। वीरगंजको औद्योगिक घराना क्याल समुहले सेवामूलक उद्योगको रुपमा हस्पिटल एवं सुविधा सम्पन्न मेडिकल ल्याबमा लगानी गरेको छ । समुहले २० करोडको लागतमा २५ बेडको नारायणी सेन्ट्रल हस्पिटल प्राली एवं नारायणी सेन्ट्रल डाइग्नोस्टिक ल्याब प्राली सञ्चालनमा ल्याएको हो छ ।
वीरगंज महानगरपालिका–३ बिर्तास्थित सवा तीन कठा जग्गामा चार तल्ले भवन निर्माण गरी यो अस्पताल र ल्याब शुरु गरिएको अस्पतालका प्रबन्धक रितेन सिन्हाले बताए ।
उनका अनुसार बिर्ता माई मन्दिरको पश्चिमपट्टि अवस्थित यस अस्पतालमा ल्याब र अस्पतला छुटाछुटै रुपमा सञ्चालन हुनेछन् ।
अस्पतालको ओपिडी सेवाहरू सञ्चालनमा आइसकेको र एक महिनाभित्र अस्पताल र ल्याब पूर्णरूपमा सञ्चालन भएपछि उदघाटन गर्ने क्याल समुहको तयारी छ ।
अस्पतालमा नेफ्रोलोजिस्ट, न्युरोलोजिस्ट, अर्थोपेडिक, साइक्याट्रिक, जेनरल सर्जन, गाइने, इएनटीलगायत ओपिडी सेवाहरू सञ्चालनमा आइसकेको छ,- सिन्हाले भने। अस्पतालको ल्याबमा टेस्टको सेवा पनि सुरु भएको छ।
पहिले काठमाडौं र भारतमा गएर गराउनुपर्ने बिभिन्न किसिमका टेस्टहरु वीरगंजबाटै सम्भव हुने अस्पतालले दावी गरेको छ ।
अस्पताल तथा ल्याब निर्माणमा २० करोड भन्दा बढीको खर्च भएको लगानीकर्ता क्याल समुहले जनाएको छ ।