गण्डकी विकास बैंकको एटिएम हुनेलाई मेडिसिटीमा उपचार खर्चमा छुट, कार्ड बोक्नु पर्ने

August 30, 2018 12:32 pm

काठमाडौं। गण्डकी विकास बैंकले एटिएम बोक्ने ग्राहक तथा बैंक कर्मचारी र उनीहरुको परिवारको उपचार खर्च कम गराउन नेपाल मेडिसिटी हस्पिटलसँग सम्झौता गरेको छ। उपचार खर्चमा छुट दिने उद्देश्यले सम्झौता गरिएको हो। समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र मेडिसिटीका महाप्रबन्धन विजय रिमालले हस्ताक्षर गरेका छन्।

बैंकको एटिएम कार्ड लिएर गएमा उसको र परिवारको खर्चमा छुट उपलब्ध हुने छ।