काठमाडौँ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ। १९औँ उच्च अधिकारी स्तरीय बैठकले भोलि बस्ने १६औँ मन्त्रिस्तरीय बैठककको एजेण्डा तय गर्नेछ।
सम्मेलन भदौ १४ र १५ मा काठमाडौँमा बस्नेछ। सम्मेलनका एजेण्डा तय गर्नका लागि सचिवस्तरीय बैठक बस्न लागेको हो।