नेपाली बजारमा भारतीय ब्राण्ड ‘टम्बो मोबाइल’ छिर्यो, सस्तो मूल्यमा उपलब्ध हुने, यस्ता छन् मोडल

August 30, 2018 12:25 pm

काठमाडौं। भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा प्रवेश गरेको छ। टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि सार्वजनिक भएको हो। टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिक रुपमा आयात तथा बिक्री गर्नेछ। कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउनेछ।

कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउने छ। स्मार्टफोनमा टिए२ र टिए३ नामका दुई फोन सार्वजनिक गर्ने तयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ। टम्बो ब्राण्डका फिचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।

टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईनेछ। ‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन्’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने।

टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फिचरहरु राखिएका छन्। यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर छन्।