प्रभु ग्रुपको डिजिटल वालेट ‘प्रभु पे’ आयो,ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा

August 30, 2018 12:24 pm

काठमाडौं। प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेट बजारमा ल्याएको छ। यस्तो सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ। साथै एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थपिने छ। मोबाइल वालेटकालागि प्रभु पे डाउनलोड गर्नु पर्छ। एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसिएचएल डिपोजिट गर्न सकिने छ।

एपबाट युनियन पे र क्युआर कोड स्क्यान मार्फत पैसा तिर्न सकिनेछ। प्रभु ग्रुपले ‘वालेट अब मोबाइलमा’ भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको ग्रुपका संञ्चालक कुसुम लामाले जानकारी दिइन्।

प्रभु समुहले बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी मार्फत सेवा प्रदान गर्दै आएको छ।