
काठमाडौं। काठमाडौंको सुन्धाराको सिभिल मलमा भदौं २ गतेदेखि सुपर सेल मेला लागेको छ ।
मेलामा लेडिज, जेन्स् तथा बच्चाका लागि आकर्षक जुत्ता, टि–सर्ट, सर्ट, ब्याग प्याक्स, ह्यान्ड व्याग, प्यान्ट लगायत अन्य धेरै सामानमा ग्राहकले ५० प्रतिशत सम्मको आकर्षक छुटमा खरीद गर्न सक्ने कम्पनीले जनाएको छ।
सिभिल मल व्यापार संघका अध्यक्ष विजय कुमार महर्जनले छुट वाहेक अन्य उपहार समेत राखिएको बताए।मेला भदौं २३ गतेसम्म चल्ने र लगत्तै दशैंमेला पनि शुरु गरिने मलका मार्केटिङ्ग हेड अमिर ठकुरीले जानकारी दिए।