
काठमाडौं।ग्लोबल आइएमर्इ बैंक र बोता फूड एण्ड रेष्टुरेन्टबीच सम्झौंता भएको छ।यो सम्झौंता अनुसार बैंकका ग्राहकले बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट पाउनेछन्।
यो छुट बैंकका डेविट, क्रेडिट र प्रिभिलेज्ड कार्ड भएका ग्राहकले पाउने विज्ञप्तिमा उल्लेख छ।सम्झौंतापत्रमा बैंकका कार्ड वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकाल र रेष्टुरेन्टका प्रमुख भुवन आचार्यले सम्झौंता गरे।