मर्मतका लागि खुलामञ्चस्थित बसपार्क बन्द, सम्पूर्ण पिच उप्कियो, टाल्न अझै चार दिन लाग्

August 30, 2018 11:54 am

काठमाडौँ। खुलामञ्चस्थित बसपार्क आजदेखि चार दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतका लागि बसपार्क बन्द गरिएको हो। बसपार्कको सम्पूर्ण पिच उप्किएर खाल्डा परेपछि मर्मत गर्न लागिएको हो।

बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठूला यात्रुवाहक सवारी साधनलाई कोटेश्वबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलङ्की, हुँदै नयाँ बसपार्क तर्फ पठाइएको छ। यस्तै बौद्ध, चाबहिल, थानकोट लगायतका स्थानहरूबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारी साधनहरूलाई भने रत्नपार्क वरपर ‘पिक एण्ड ड्रप’ मात्रै गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।