टाटा सुमो गोल्ड किन्नेलाई मुक्तिनाथ विकास बैंकले १०.५% मा ऋण दिने, तालिम निशुल्क

August 30, 2018 11:26 am

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र मुक्तिनाथ विकास बैंकबीच सुलभ दरमा गाडी ऋण उपलब्ध गराउने बारे समझदारी भएको छ।

आफ्नो गाडी आफै सवारी नामक ब्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरीद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराइने छ। सम्झौता अनुसार ब्याज दरमा सहुलियत उपलब्ध हुने छ।

सुमो गोल्ड खरीद गर्ने ग्राहकलाई बैंकले साढे १० प्रतिशत ब्याजमै गाडी उपलब्ध गराउने छ। गाडीको मूल्यको ७० प्रतिशतसम्म ऋण उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।

अभियान अन्तर्गत टाटा सुमो गोल्डको खरीदमा ग्राहकलाई निशुल्क ड्राइभिङ तालिम, मेकानिकल तालिम उपलब्ध हुने छ। साथै एक बर्षसम्मको बीमा सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।