महिन्द्राको प्लस न्यू एक्सयुभी ५०० नेपाली बजारमा, मूल्य ६१ लाख ८० हजार रुपैयाँबाट सुरु

August 30, 2018 11:18 am

काठमाडौं।महिन्द्राको प्लस न्यू एक्सयुभी ५०० नेपाली बजारमा आएको छ।महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले सोमबार एक कार्यक्रम गरेर यो गाडीको बिक्री शुभारम्भ गरेको हो। आकर्षक डिजाइन,आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको कम्पनीको दाबी छ।गाडीमा १५५ हर्षपावर र ३६० एनएम टर्कशक्ति छ।छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरिएवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ओआरभिएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ,न्यू स्मार्ट वाच कनेक्टिभिटी,जिपिएस नेभिगेशनसहित सात इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट समेत छ। ६ वटा एयरब्याग,एविएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरि सबै चक्कामा डिस्क ब्रेक छ।महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग दक्षिण एसियाका उपाध्यक्ष सञ्जय जादबले प्लस न्यू एक्सयुभी ५००ले नयाँ उचार्इ छुने बताए।अग्नि समूहका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले नयाँ गाडीले ड्राइभिङको आनन्द र उत्साह बढाउने बताए।यो गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँदेखि सुरु हुनेछ।