राजकुमार तिमिल्सिना: लगानीकर्ता हुँदै ब्रोकर बनेको दुई बर्षमै सर्वाधिक कारोबार गर्ने सूचीमा

August 30, 2018 11:06 am

कुमारी बैंकमा आवेदन दिएर शेयर कारोबारमा प्रवेश गरेका तिमिल्सिनाका आफन्त त्यसबेला कुमारी सेक्युरिटिजमै काम गर्थे। जसले उनलाई दोस्रो बजारमा प्रवेश गर्न थप मद्दत गर्‍यो। उनले २०६० असोजमा पहिलो पटक दोस्रो बजारबाट बैक अफ काठमाण्डू (बिओके) को ४२६ रुपैयाँ प्रति कित्ताका दरले शेयर खरिद गरेका थिए। काठमाडौं। आर्थिक वर्ष २०६३/६४ मा कुमारी सेक्युरिटिज (ब्रोकर नं ०१) ले सर्वाधिक शेयर कारोबार गरेको थियो। धेरै ‘टर्नओभर’ भएको खुसियालीमा कम्पनीले आफ्ना कर्मचारी र कारोबारका लागि आएका लगानीकर्तालाई लड्डू बाँडेको थियो।

त्यहाँ लड्डू खान जानेमा एक लगानीकर्ता राजकुमार तिमिल्सिना पनि थिए। उनी त्यसबेला ठिकठिकैको कारोबार गर्थिए। एक दशकपछि अवस्था फेरियो। तिमिल्सिना साधारण लगानीकर्ताबाट लगानीकर्ताको संगठनका अध्यक्षसम्म बने। शेयर कारोबारबाट मनग्य कमाए पनि। गत बर्षको सबैभन्दा ठूलो कारोबार भिजन सेक्युरिटिज (ब्रोकर नं ३४) ले गर्यो। एक दशकअघि लगानीकर्ताका रुपमा लड्डू खाएका तिमिल्सिनाले यसपाली आफ्नो ब्रोकर कम्पनी एक नम्बर भएकोमा लड्डू बाँडे।

गत बर्ष शेयर बजामार एक खर्ब २१ अर्ब रुपैयाँको शेयर कारवबार भयो। बर्षभरीको कुल कारोबारमा झण्डै ११ प्रतिशत हिस्सा तिमिल्सिनाको भिजन सेक्युरिटिजको छ। वर्षभरिमा १२ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको कारोबार गरेको थियो।

अघिल्लो वर्ष १० अर्ब ९८ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार गर्दै अनलाइन सेक्युरिटिज (ब्रोकर नं ४९) नम्बर एक भएको थियो।

प्रत्येक वर्ष सबैभन्दा बढी कारोबार कसले गर्ने भन्ने ब्रोकर कम्पनीहरूबिच प्रतिस्पर्धा नै चल्छ। जसका लागि ब्रोकर कम्पनीले आ-आफ्नै रणनीति बनाएका छन्।

छोटो समयमा कम्पनी नम्बर १ कसरी भयो? तिमिल्सिना सम्झिन्छन्।

२०५७ सालमा उनी शंकरदेव क्याम्पसमा स्नातक अध्यनरत थिए। त्यही बेलादेखि उनलाई शेयर बजारप्रति आकर्षण बढेको रहेछ। क्याम्पस पढ्दा पढ्दै उनले पहिलो पटक कुमारी बकैको प्राथिक सेयरमा आवेदन दिएका थिए। २०६० मा स्नातकोत्तरको पढाइ सकेपछि उनले शेयर कारोबारलाइनै निरन्तरता दिन थाले।

कुमारी बैंकमा आवेदन दिएर शेयर कारोबारमा प्रवेश गरेका तिमिल्सिनाका आफन्त त्यसबेला कुमारी सेक्युरिटिजमै काम गर्थे। जसले उनलाई दोस्रो बजारमा प्रवेश गर्न थप मद्दत गर्‍यो। उनले २०६० असोजमा पहिलो पटक दोस्रो बजारबाट बैक अफ काठमाण्डू (बिओके) को ४२६ रुपैयाँ प्रति कित्ताका दरले शेयर खरिद गरेका थिए।

पहिलो पटक ४० हजार रुपैयाँको दोस्रो बजारमा शेयर खरिद गरेर कारोबार सुरु गरेका उनले पछि बैकबाट एक करोड रुपैयाँसम्मको ऋण लिएर शेयर कारोबारमा पूर्णकालिन होम्मिए।

बिस्तारै प्राथिक बजार र दोस्रो बजारमा कारोबार गर्दै अगाडि बढ्दै गएका तिमिल्सीना लगानीकर्ताको हक हितका लागि खुलेको संगठनमा पनि गए। २०६३ सालमा पहिलो पटक इन्भेष्टर फोरमको साधारण सदस्य हुँदै २०७० सम्म पुग्दा उनी अध्यक्ष भए।

इन्भेष्टर फोरममा आबद्ध हुनुको पनि त्यस बेला आफ्नै स्वार्थ थियो। फोरममा हुँदा पूर्ब कार्य समितिका सदस्यहरुको संगतले बजार बारे थप जानकारी हुन्थ्यो भने यससँग सम्बन्धित सभा सम्मेलन गोष्ठीमा सहभागी हुने अवसर प्राप्त हुन्थ्यो। जसले बजारका बारेमा थप सिक्ने अवसर मिल्थ्यो।