सशस्त्र प्रहरीले माग्यो ९० अधिकृत, स्नातक र प्लस टु उत्तीर्णलाई अवसर

August 7, 2018 12:35 pm

काठमाण्डौ । निकै लामो समयपछि सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक र सहकाय प्रहरी निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।
५४ जना सशस्त्र प्रहरी निरीक्षक र ३६ जना सहायक प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरिएको हो ।

बुधबार सशस्त्र प्रहरी बलको मानवस्रोत विकास विभागको भर्ना तथा छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गर्दै कुल ९० अधिकृतका लागि दरखास्त मागेको हो । सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट, महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्र र अमरप्रहरी परिवारबाट १ १ पदमा आरक्षण कोटा छुट्याइएको छ ।

यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकमा १९ जना खुलातर्फ, ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १ १ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारका लागि छुट्याइएको छ ।