आगामी दिनमा यी ५ जागिर खाने हुनेछन् मालामाल

August 7, 2018 12:30 pm

काठमाण्डौ । धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आकर्षक तलब र सेवासुविधाहरु पनि पाइन्छ । तपाईले आधुनिक र समय सापेक्ष जागिर वा व्यवसाय चुन्न सक्नुुभयो नेपालमा मात्र होइन, विदेशमा गएर समेत राम्रो कमाई गर्न सक्नुहुुन्छ । मिडिया रिपोर्टहरुका अनुसार आगामी दिनमा ५ व्यवसाय गर्ने वा जागिर खानेहरु मालामाल हुनेछन् । के हुन् त ती व्यवसाय वा क्षेत्र ? ठूला कम्पनीहरुमा ब्राण्ड कल्चर निकै फस्टाएको छ । योसँगै सोशल मिडिया मेनेजरको भूमिका समेत निकै प्रभावकारी भइरहेको छ । यो क्षेत्रमा मानिसहरुसँगको अनुुभव १० वर्ष भन्दा बढीको छैन, यसकारण पनि यो क्षेत्रमा कम जनशक्ति छ र उत्तिकै संभावना पनि । सोशल मिडियामा सक्रिय मानिसहरुमार्फत कुनै पनि कम्पनीको ब्राण्ड प्रोमोसन गर्ने काम सोशल मिडिया मेनेजरको हो । फेसबुक, ट्वीटर प्रयोगकर्ताको वृद्धिसँगै नेपालकै ठूलो औद्योगिक घराना, कम्पनी तथा बैंक तथा बित्तीय संस्थाहरुले समेत यो पदमा कर्मचारी नियुक्त गर्न थालेका छन् । पढाई थोरै भएर पनि यदि तपाई सोसल मिडियामा सक्रिय र एक्सपर्ट हुनुहुन्छ भने यो क्षेत्रमा राम्रो करिअर बनाउन सक्नुुहुन्छ । यो पदमा जागिर खाएरै पनि महिनाको ४० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । यो क्षेत्रमा अझ बढी अनुुभवी हुनुहुन्छ, अंग्रेजी भाषाको राम्रो ज्ञान छ भने भारत वा अन्य मुलुकमा गएर काम गर्दा मासिक ५ लाख रुपैयाँसम्म कमाउन सकिन्छ ।