बीमा विधयेक संसदमा प्रस्तुत

August 6, 2018 11:50 am

काठमाडौं, साउन १३। बीमा विधयेक २०७५ संसदमा छलफलका लागि प्रस्तुत भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बीमा विधयेक प्रस्तुत गरेका हुन् । खतिवडाले बीमा क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र भरपर्दो बनाउन बीमा विधेयक, २०७५ प्रस्तुत गरेका हुन् । बैठकमा बीमा विधेयकसम्बन्धी प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।

सुवालको प्रस्ताव अस्वीकृत भएपछि सभामुख कृष्ण बहादुर महराले अर्थ मन्त्री खतिवडालाई “बीमा विधेयक, २०७५” प्रस्तुत गर्न अनुमति दिएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी क्षेत्रलाई बीमाको सम्पूर्णँ जिम्मा दिने गरी विधयेक ल्याउन लागिएको भन्दै विरोध गरेका थिए । सांसद सुवालले विरोध गर्दै विधयेक फिर्ता लिन गरेको आग्रह बहुमतले अस्वीकृत भएको छ ।