नेपालमा लगानी गर्न चीन आक्रामक रुपमा अगाडि देखियो, एकैवर्षमा ल्यायो ५५ अर्ब

August 6, 2018 11:37 am

काठमाडौं, साउन १६ । छिमेकी मुलुक चीनबाट नोपल भित्रने प्रतक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक बर्ष २०७४–७५ र अघिल्लो आर्थिक बर्ष २०७३–७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगनीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

गत आर्थिक बर्षमा चीनको मेनल्याण्बाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिवद्धता आएको छ ।
यस्तै भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरारबरको लगानी प्रतिवद्धता आएको छ । सिमेन्ट, उद्योग, होटल, रेस्टुरेन्ट, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योगमा चीनको लगानी बढेको छ । कारोबार दैनिकबाट ।