
काठमाण्डौं, साउन १८। यहि साउन २१ र २२ गते मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स हुने भएको छ । आयोजक संस्था एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शका अनुसार आगामी साउन २१ र २२ गते काठमाण्डौंको बबरमहल स्थित कार्की बैंक्वेटमा आयोजना हुने भएको हो । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श का नेपालका लागि अध्यक्ष कृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको अत्यधिक सम्भावना भएको र यसको विकास गर्ने अवधारणा अनुरुप एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् ।
साउन २१ र २२ गते पुरा दिन एक्स्पो हुने जसमा नेपाल, भारत, बंगलादेश, थाईलेन्ड, सिंगापुर लगायत सार्क देशहरुका अस्पताल तथा डाक्टरहरुको उपस्थिती हुनेछ भने २२ गते सोहि स्थानमा विहान १० बजे देखि बेलुकि ८ बजेसम्म कन्फरेन्स हुनेछ जसमा मेडिकल टुरिजम विकास तथा प्रर्बद्धनको लागि अनुभवि डाक्टर, स्वास्थ्य व्यवसायी, स्वास्थ्यसँग आबद्ध व्यक्तिहरुले आ–आफ्नो भनाई, सुझाव तथा अनुभव आदान प्रदान हुने छ ।
यस एक्स्पोले नेपाली अस्पतालहरुलाई प्रोमोट गर्ने, विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी बिदेशी बिरामीहरुलाई नेपालमा उपचारको लागि प्रोत्साहन गरी नेपालमा बिदेशी पर्यटकहरुलाई भित्राउने लक्ष्य लिएको छ ।
बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो हुने कुरा पाण्डेले बताएका छन् । यस एक्स्पोमा स्वदेशी तथा विदेशी अस्पतालका प्रतिनिधी बिच बिटुबि मिटिङ साथमा बिदेशी डेलिगेट लाई नेपालका अस्पतालको भ्रमण, कार्य दक्षताको प्रदर्शन गरिने छ ।
नेपाल एउटा बिदेशी पर्यटकहरुको पहिलो रोजाई भएको र उक्त अवसरमा मेडिकल प्रोटोफोलियो जोडियो भने नेपालको अर्थतन्त्रमै केहि राहत पुग्ने कुरा पाण्डेले बताए ।एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शले बिगत केहि बर्ष देखि अन्र्तराष्ट्र्यि क्षेत्रमा स्वास्थ्य तथा व्यापार सँग सम्बन्धीत गोष्ठि, सम्मेलन, तथा प्रदर्शन गर्दै आएको छ ।
२०१७२०१८ मा बिभिन्न् संघ–संस्थाहरुसँग समन्वय गरि २४ भन्दा बढि अन्तराष्ट्र्यि प्रोगामहरु सफलताको साथ सम्पन्न् गरिसकेको छ । २०१९ मा नेपालका स्वास्थ्य तथा अन्य व्यापार क्षेत्रकोे लागि उपयुक्त बजारको अनुसन्धान गरि प्रोमोशन गर्ने लक्ष्य लिएको छ ।
यस मेडिकल टुरिजम कन्फरेन्सले नेपालमा प्राबिधिक सहायता, अन्र्तराष्ट्र्यि सहकार्य, तथा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्ने छ । सो अवसरमा फ्रि मेडिकल हेल्थ क्याम्पको साथमा फ्रि डेन्टल क्याम्प संचालन गरिनेछ ।
विदेशबाट १०० भन्दा डेलिगेटहरुको आगमन तथा नेपालमा पहिलो पटक यस्तो प्रकारको एक्सपो हुनेभएकोले सबैको लागि नयाँ अनुभव हुनेछ । यस एक्स्पोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल टुरिजम बोर्ड, नाटा तथा साना तथा मझौला व्यवसायी महासंघ नेपालको सहकार्य रहेको छ ।