सिप्रदीले ल्यायाे सुमो गोल्ड स्वराेजगार सवारी अभियान

August 6, 2018 11:33 am

काठमाडौं, साउन २० । सिप्रदीले रोजगारीको अवसर खोजिरहेका युवालाई लक्षित गर्दै आफनो गाडी आफैं सवारी नामक व्यावसायिक अभियान शुरु गरेको छ । अभियानअन्तर्गत लक्षित समूहलाई जागरुक गराउने काम पत्रकार रवि लामिछानेले गर्ने भएका छन् । पत्रकार लामिछानेले दुई वर्षको अवधिसम्म साथ दिने सिप्रदीले जनाएको छ । यस अभियानअन्र्तगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र एक वर्षको इन्स्योरेन्सको सुविधा प्राप्त गर्ने छन् । यस्तै सो अभियानले स्वेदशमा नै रोजगारीको सिर्जना गरी वैदेशिक रोजगारीका लागि विदेशीनु पर्ने बाध्यतालाई कम गर्ने कम्पनीले विश्वास लिएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने–‘सामाजका लागि यस्तो रोजगारीमूलक अभियानको बुरुवात गरेकोमा हामी गर्व महशुस गर्दैछौ र नेपाली युवालाई टाटा सुमो अपनाएर आफनो रोजगारी आफैं सिर्जना गर्न आह्वान गछौं ।’