स्प्राइट खाँदा ३,५०,००० बराबरको टकटाईम जिते

August 6, 2018 11:32 am

काठमाडौं,साउन २० । गर्मी मौसममा स्प्राइट उपभोक्ताहरुका लागि ल्याइएको स्प्राइटको रिफ्रेश र रिचार्ज क्याम्पियनले बजारमा तहल्का मच्चाइरहेको छ । जुलाई २३ बाट सुरु भएको यो क्याम्पेनमा पहिलो हफ्तामै २८,५०० भन्दा बढी उपोभोक्तहरुले भाग लिई रु. ३,५०,००० बराबरको टकटाईम रिचार्ज जिती सकेकाछन् । यस क्याम्पियन अन्तर्गत उपोभोक्तहरुले रु १० देखि ५,००० सम्मको रिचार्ज जित्न सक्ने कोकाकोला नेपालले जनाएको छ ।
रु ५,००० को टकटाईम विजेता गोमा बुडाथोकी आफ्नो खुसियाली शेयर गर्दै भनिन् , “मैले त्यो दिन २ वटा कोक किनेको थिए र लेबलमा अफरको बारेमा पढे र विश्वास नलागी नलागी लेबलको कोड एसएमएस गरे ।

मैले धेरै मा धेरै १० वा २० रुपैयाको टक टाईम जितिएला जस्तो लागेको थियो तर भाग्यले मैले रु ५,०००को टक टाईम जितें । सुरुमा त विश्वासै गर्न सकिन र दूई पटक ब्यालेन्स चेक गरेर मात्र कनफर्म भए । म कोकाकोला नेपाललाई यस प्रकारको अफर र अभियान ल्याएकोमा धेरै धन्यबाद दिन चाहन्छु र म सबैलाई यो योजनामा सहभागि हुन प्रोत्साहन गर्दछु ।”

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध छ ।

थप जानकारीको लागि राष्ट्रिय दैनिक र कोकाकोला नेपालको अधिकारिक फेसबुक पेज हेर्न सकिने जनाएको छ ।
यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु रहेको छ ।