सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा रुकुममा बीमा जागरण

August 6, 2018 11:20 am

काठमाडौं, साउन २० । सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुममा उपशाखाको स्थापना तथा बीमा जागरण कार्यक्रम गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा कम्पनीका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस) को प्रमुख आतिथ्यता र मुसीकोट नगरपालिका उपमेयर प्रेम कुमारी परियारलगायतको उपस्थितिमा उपशाखा एवम् बीमासम्बन्धी चेतनामुलक बीमा जागरण कार्यक्रम गरिएको थियो । रुकुम उप–शाखाका अभिकर्तालाई सम्मान गरिएको थियो । गत फागुन १० गते प्रथम बीमा शुल्क २५ हजार ३७३ रुपैयाँ जम्मा गरी बीमा गराएकी बीमित गीता नेपालीको गत असार १३ गते हृदयघातको कारण मृत्यु भएकोे हुनाले मृतकको श्रीमान रमेश नेपालीलाई बीमाङ बराबरको रकम ३ लाख रुपैयाँको चेक उपशाखा उद्घाटनको अवसरमा कम्पनीका महाप्रबन्धक गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर धुर्मुसले हस्तान्तरण गरेका थिए ।