एनआईसी एसिया र बुम रेमिट्यान्सबीच सम्झौता

August 6, 2018 11:17 am

काठमाडौं, साउन २० । एनआईसी एसिया बैंक लि र बुम रेमिट्यान्स प्रा.लि.बीच एक रेमिट्यान्स सम्झौता भएको छ । आइतबार एक समारोहकाबीच बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बंैक लि का सबै शाखाहरु मार्फत भुक्तानी गर्नु सकिने गरि सम्झौता भएको हो ।
साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईसी एसिया बैक लि का तर्फबाट चिफ मार्केटिङ्घ अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर हस्ताक्षर गरेका हुन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । एनआईसी एसिया बैंक लि को नेपाल भरी २३४ वटा शाखाहरु, १४ वटा एक्स्टेंसन काउन्टरहरु र १६ वटा ब्रान्च रहित बैंकिङ्ग रहेका छन् । एनआईसी एसिया बैंक लि नेपालको उत्कृष्ट वाणिज्य बैंक हो ।

बुम रेमिट – नेपालको उत्कृष्ट रेमिटले हाल खाडि मुलुकहरु तथा हङकङबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए ।