नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शाखा भरतपुरमा

August 6, 2018 11:08 am

चितवन,फागुन २
चितवनको भरतपुरमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो अर्को नयाँ शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोक नजिक बैंकले नयाँ शाखा शुभारम्भ गरेको हो ।
ग्राहकमैत्री सेवामा अब्बल बनेको बैकको १ सय २८ औँ शाखाको बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उद्धघाटन गरे ।
सो अवसरमा बोल्दै उनले राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको स्पष्ट समेत पारे । वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकको शाखा संचालनमा ल्याएको उनको भनाइ छ ।

यस्तै गुणस्तरीय एवं प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुल एनसीसी बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने अध्यक्ष न्यौपानेले बताए ।

बैकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवा छिटो र सुविधापूर्ण तवरबाट प्रदान गर्ने बैंकका शाखा प्रवन्धक गंगाधर तिमिल्सीनाले बताए ।