नेप्सेमा सामान्य अंकको गिरावट

August 6, 2018 10:58 am

काठमाडौं, साउन २० । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ४३ अंकले घटेर १ हजार १ सय ८९ दशमलव ८८ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १८ अंकले घटेर २ सय ५० दशमलव ९७ अंकमा पुगेर बन्द भएको छ ।

आज १ सय ६० कम्पनीहरुका ५ लाख ९७ हजार ५९७ कित्ताको शेयर खरिदबिक्री भई १६ करोड ७० लाख ४९ हजार ६८४ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सानिमा माई हाइडोपावरको भएको छ । जसको आज ८० लाख ९४ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा आईएमई जनरल इन्स्योरेन्स र प्रोगेशिभ फाइनान्सका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ५ प्रतिशत भन्दाबढीले घटेको छ ।

यस दिन १० वटा उपपरिसूचकहरुमा ५ वटा समुहहरु बढेको छ भने ५ वटा समूहहरु घटेका छन् । सबैभन्दा बढी बढनेमा विकास बैंक समूह ११ दशमलव १७ अंकले, अन्य समूह ६ दशमलव ४९ अंकले होटल समूह ४ दशमलव २४ प्रतिशतले, जीवन बीमा ३ दशमलव ६४ अंकले र लघुवित्त समूह शुन्य दशमलव २१ अंकले बढेको छ । त्यस्तै सबैभन्दा बढी घट्ने निर्जीवन बीमाको ३० दशमलव ९२ अंकले, उत्पादक तथा प्रशोधन समूह २० दशमलव ०६ अंकले, जलविद्युत समूह ५ दशमलव ६५ अंकले, बैंकिंग समूह ३ दशमलव ५१ अंकले र फाइनान्स समूह शुन्य दशमलव ९७ अंकले घटेको छ ।