राष्ट्रबैंकले एकैपटक माग्यो १५१ कर्मचारी, कुन पदमा कति ?

August 6, 2018 1:53 pm

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले एकैपटक निकै ठूलो संख्यामा जागिरको अवसर खुलाएको छ ।

राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै तीन पदमा १५१ का लागि जागिरको अवसर खुलाउँदै अनलाइन दरखास्त आह्वान गरेको हो ।

केन्द्रीय बैंकले तृतीय तहको अधिकृत स्तरको सहायक निर्देशक पदमा ४५ कर्मचारी मागेको छ। यस्तै, प्रशासन सेवामा काम गर्ने गरी सहायक द्वितीय पदमा ९६ कर्मचारी मागिएको छ । प्राविधिक सेवातर्फ सूचना प्रविधिमा काम गर्ने गरी १० जना सहायक द्वितीय पदमा कर्मचारी मागिएको छ ।

अर्थशास्त्र, वाणिज्य शास्त्र वा जनप्रशासन बिषयमा स्नातकोत्तर गरेकाले सहायक निर्देशक पदमा, १० जोड दुुई उपाधि हासिल गरेकाहरुले प्रशासन सेवातर्फको सहायक द्वितीय पदमा र कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रोनोक्सि तथा हार्डवेयर इञ्जिनियरिङमा तीनवर्षे डिप्लोमा उत्तीर्ण गरेकोले प्राविधिक सेवातर्फको सहायक द्वितीय पदमा दरखास्त दिनसक्ने सूचनामा उल्लेख छ ।

इच्छुकले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत ८ गतेसम्म दरखास्त दिनसक्ने व्यवस्था गरिएको छ ।