रोजगारी चाहियो ? राेजगार मेला जानूस् !

August 6, 2018 1:51 pm

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ), रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, संघसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने उहाँले जानकारी गराउनुभयो ।

मेलामा करीब २ सय उद्योगीलाई सहभागी गराइने भएकाले त्यसबाट करीब ५ सय बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको बताइएको छ ।