महालक्ष्मी बैंकमा जागिरको अवसर, म्यानेजरदेखि असिस्टेन्टसम्म माग

August 6, 2018 1:48 pm

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले काठमाण्डौं बाहिर र भित्रका लागि कर्मचारी मागेको छ ।

बैंकले ब्रान्च म्यानेजर देखि जुनियर एसिसटेन्टसम्मको कर्मचारी माग गरेको हो । व्यस्थापन विषयमा स्नातकोत्तर गरेको हकमा बैंकिङ्ग क्षेत्रमा ३ वर्षको अनुभव र स्नातक गरेको हकमा ५ वर्षको अनुभव भएकोले ब्रान्च म्यानेजरमा आवेदन दिन सकिने छ ।

व्यस्थापनम विषयमा न्युनतम दोस्रो श्रेणीमा स्नाकोत्तर गरेकाले म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिन सकिने बताइएको छ । व्यवस्थापन विषयमा न्युनतम दोस्रो श्रेणीमा स्नातक गरेकाले जुनियर एसिसटेन्टमा आवेदन दिन सकिने छ ।

ब्रान्च म्यानेजर र म्यानेजमेन्ट ट्रेनीका लागि आवेदन दिने आवेदकको उमेर भने २१ वर्ष माथि र ४० वर्ष नकाटेको हुनुपर्ने छ । जुनियर एसिसटेन्टको हकमा भने २१ वर्षभन्दा माथि र ३५ वर्षभन्दा मुनि उमेर हुनु पर्ने जनाइएको छ ।