ओप्पोको एथ्रीएस सार्वजनिक

August 6, 2018 1:43 pm

काठमाण्डौ । सेल्फी एक्स्पर्ट, ओपोले नेपाली बजारमा नयाँ मिड–रेञ्ज स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले सुपर फुल नोच स्क्रिन सहित ६.२ ईञ्च स्क्रिन भएको एथ्रीएस सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको मिड–टायर स्मार्टफोन भएता पनि यसमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८.८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएका छन् । साथै, दैनिक प्रयोगका दौरान ब्याट्रीका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

कम्पनीले ओपो एथ्रीएस २ जीबी र्याम र १६ जीबी आन्तरिक (आवश्यकता अनुसार एसडी कार्ड मार्फत थप्न सकिने) सञ्चय क्षमताका साथ सार्वजनिक गरिने जानकारी दिएको छ । फोनमा कलरओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ ओरियो उपलब्ध गरिनेछ । नयाँ स्मार्टफोनमा १३ एमपी प्लस टू एमपी डुअल रियर क्यामेरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको ब्यवस्था गरिएको छ ।

क्वालकम स्न्यापड्रायगन ४५०द्वारा शक्ति प्रदान गरिएको ओपो एथ्रीएसमा एआई ब्यूटी प्रविधि फिचरपनि उपलब्ध गरिएको छ । फोनमा चार्जिङ र डाटा सिंकका लागि यूएसबीका साथै समग्र कनेक्टिभिटी अप्सन्सपनि उपलब्ध हुनेछ ।

‘डुअल क्यामेरा सेटअप , सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुमा चाहना अनुसार ओपो एथ्रीएस उपलब्ध गराउने तयारी गरिएको हो । यसमा रहेको शक्तिशाली ब्याट्रीले तिनलाई हरेक दिन स्मार्णिय पलहरु विना कुनै रुकावत तस्विरका रुपमा कैद गर्न सघाउने छ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

फोनमा कम्पनीले विशेषगरी यूवा लक्षित ‘म्यूजिक पार्टी’ फञ्सनपनि उपलब्ध गराएको छ । यो फञ्सनले प्रयोगकर्तालाई बहुसंख्यक स्मार्टफोन हटस्पटको माध्यमबाट कनेक्ट गरी विना स्पिकर एउटै ट्रयाकको मज्जा लिन सघाउँछ । तर, फञ्सनको उपयोगका लागि फोनमा कलरओए ५.१ वा सो भन्दा नयाँ भर्जनको हुनुपर्ने छ ।