केएल टावरमा मोवाइल मेला सुरु, अफरै अफर

August 6, 2018 1:37 pm

काठमाण्डौ । काठमाण्डौको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ ।

जिरो डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सुरु भएको हो ।

मेला सुरु भएलगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागी हुँदै मोबाइल किन्नेको भीड लागेको छ ।

चाबहिलको केएल टावरमा रहेको केएल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफरमाथि अफरमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेकोे हो । मोबाइल हबकाअनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।

ग्राहकले मोबाइलको ब्राण्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए । उनकाअनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ ।

शनिबारदेखि सुरु भएको मोबाइल मेला २ सातासम्म चल्नेछ । मेला सुरु भएको दिन नै शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल खरिद गर्नका लागि १ सय ७५ बढीले फारम भरेका छन् ।

‘मेलाअवधिभर विश्वबजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा बिक्रीहुनेछ । मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले मोबाइल मेलाबाट फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ मोबाइल हबका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले भने ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु हबमा उपलब्ध छन् ।