एनसेलले ल्यायो ‘फुच्चे प्याक’, रु.५ मा १२ घण्टाभरि डेटा चलाउन पाइने

August 6, 2018 1:37 pm

काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ ।

ग्राहकले यो प्याकअन्तर्गत करबाहेक मात्र रु ५ (कर सहित रु ६.३८) मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन् ।

फुच्चे डेटा प्याक यही आइतबार(श्रावण २०)देखि लागू हुनेछ । यस डेटा प्याकअन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंग्रेजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

मात्र रु ५ (कर सहित रु ६.३८) पर्ने सबैभन्दा सुलभ डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । यस डेटा प्याकले ग्राहकलाई विषेश मूल्य प्रदान गर्दै उनीहरुलाई डिजिटल रुपमा सम्पर्कमा रहन मद्दत पुर्याउने विश्वास लिईएको छ ।

एनसेलले ग्राहकको माग अनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।