सातै प्रदेशमा कर्मचारी दरबन्दी समस्या टुङगियो

August 6, 2018 10:48 am

काठमाडौं, साउन २१ । सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ। सोअनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ।ओएनएम सर्भेमा जनाइएअनुसार प्रदेश १ मा ३ हजार ६ सय २८, प्रदेश २ मा ३ हजार १ सय ३२, प्रदेश ३ मा ३ हजार ५ सय ५५, गण्डकी प्रदेशमा २ हजार १ सय १४, प्रदेश ५ मा ३ हजार ८ सय २१, कर्णाली प्रदेशमा २ हजार २ सय ३६ र प्रदेश ७ मा २ हजार ६ सय १३ कर्मचारीको दरबन्दी कायम गरिएको छ।

सातवटै प्रदेशमा सचिवको दरबन्दी ७, सहसचिव ९अप्राविधिक ४२, प्राविधिक ७००, उपसचिव ९अप्राविधिक० २ सय ४४ र प्राविधिकतर्फ उपसचिव ६ सय ५५ दरबन्दी कायम गरिएको छ। आजको नागरिक दैनिकले यो खबर छापेको छ ।