काडाँघारीबाट बालक अपहरित

August 6, 2018 12:23 pm

काठमाडौं, साउन २१ । राजधानीको काडाँघारीबाट ११ वर्षीय बालकको ‘अपहरण’ भएको छ। सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ। आइतबार बेलुकादेखि हराएका बालक अपहरणमा परेको सोमबार मात्र थाहा भएको थियो । अपहरणकारीले सोमबार बालकको परिवारसँग ४० लाख रुपैयाँ फिरौती रकम मागेको बताइएको छ ।
बालकको खोजीका लागि व्यापक प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।