कसरी लगानी गर्ने पूँजी बजारमा ?

August 6, 2018 12:20 pm

विगत ३/४ वर्ष यता वित्तीय समाबेसीको विषयमा धेरै नै चर्चा परिचर्चा चल्दै आइरहेको छ । नेपाल राष्ट्र बैंकले पनि बित्तीय सेवालाई जनता स्तर सम्म पुर्याउनका लागि विभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । वित्तिय समाबेसीता विस्तार गर्नका लागि दुइवटा पक्ष लै हामीले समात्नु पर्ने हुन्छ । एउटा वित्तिय सेवाको आपूर्ति र अर्को वित्तिय सेवाको माग ।

राष्ट्र बैंकको स्थापना भएको एक दशक पछि राष्ट्र बैंकले जनताको स्तरसम्म वित्तिय सेवा पुर्याउनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसक्रममा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको स्थापना, नीजि बैंकहरु खोल्न पाउने नीति, विदेशी बैंकहरुलाई संयुक्त पूँजी लगानीमा बैंक तथा वित्तिय संस्थाको स्थापना गर्न दिने नीति ल्याई त्यसको कार्यन्वयन पनि गर्यो । यसै क्रममा ३२ वटा वाणिज्य बैंकहरु खुले कतिपय मर्ज भएर हाल २८ वटामा सीमित भएका छन् ।

सोहि क्रममा विकास बैंक र लघुवित्तहरु पनि सञ्चालनमा आए । आज ४३ वटा लघुवित्त विकास बैंकहरु छन् भने कतिपय इजाजतका लागि राष्ट्रबैंकमा निवेदन दिएको अवस्था छन् । साथै राष्ट्रबैंकले वाणिज्य बैंकहरु ग्रामिण स्तरसम्म पुर्याउनलाई ५० लाखदेखि एक करोडसम्म ब्याज रहित पूँजी दिने व्यवस्था गरेको छ ।

जिल्ला सदरमुकाम बाहेक वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरेको अवस्थामा बैंकलाई ब्याजरहित १ करोड दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

त्यस्तै राष्ट्र बैंकले आम जनतामा वित्तिय सचेतनाको लागि समय समयमा वित्तिय साक्षरता, वित्तिय चेतना जस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । मुलुकका विभिन्न क्षेत्रमा राष्ट्रबैंकका कार्यकारी निर्देशक स्वयंको गएर बित्तिय सेवालाई कसरी अगाडी बढाउने, यसका फाइदा लगायत सम्पूर्ण वित्तिय चेतना सम्बन्धि जानकारी दिंदै आएको छ । केहि समय अगाडिमा हामी आफैले जाजरकोटको वित्तिय सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सो सम्बन्धी जानकारी दिएका थियौं । उक्त कार्यक्रमको लागि मैले नै कार्यपत्र पेस गरेको थिए ।
हामीले जाजरकोटको उक्त कार्यक्रममा वित्तिय क्षेत्रसँग सम्बन्धित रहेर सामान्य भन्दा पनि सामान्य कुराहरुको जानकारी दिएका थियौं । जस्तो बचत भनेको के हो ? बैंक खाता कसरी खोल्ने ? रेमिट्यान्स कम्पनी मार्फत रकम कसरी पठाउने र कसरी प्राप्त गर्ने ? बिमा कसरी गर्ने ? शेयर बजारमा कसरी लगानी गर्नेे जस्ता विषय जानकारी दिएका थियौं ।

त्यस्तै ग्रामीण भेगका जनता र शहरका पनि अधिकांश जनतामा बचतको बानी नहुने र आफूले अप्ठ्यारो पर्दा महँगो ब्याजमा ऋण लिनुपर्ने बाध्यता साथै आजको बचत नै भोलिको लगानी भन्ने थाहा नहुँने विद्यमान अवस्था राष्ट्र बैंकले यस्ता खाले जानकारी मूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

रेमिट्यान्स विप्रेषण

वित्तिय सेवामा रमिट्यान्स पनि पर्ने गर्दछ । यस सेवाको विकास हुनु पूर्व धेरै रकम चोरीका घटनाहरु घट्ने र सम्बन्धित मान्छेकोमा रकम नपुग्ने अवस्था थियो तर अहिले बैंक मार्फत रकम बिप्रेसन हुने भएकोले यस्ता घटनाहरु क्रमिकरुपमा न्यून हुँदै आएका छन् ।

साधारण तय विप्रेषण दुई प्रकारको हुन्छन् । एउटा आफ्नै देशका एक स्थानबाट अर्को स्थानमा रकम पठाउने र अर्को भनेको बाहिर रहेका व्यक्तिहरुले नेपालमा रकम पठाउने । आर्थिक वर्ष ७२र७३ मा नेपालले ६ सय ६५ अरब बिप्रेसन प्राप्त गरेको अवस्था छ । जुन नेपालको राष्ट्रिय आयको २९.६ प्रतिशत अनुपात हुन आउँछ । यो दक्षिण एशियाका अन्य मुलुकहरु तुलनामा उल्लेखीय रकम हो । श्रीलंका, बंगलादेशमा यसको अनुपात १० प्रतिशत मात्र छ भने नेपालमा ३० प्रतिशत रहको छ । त्यसैले रेमिटयान्सबाट आएको रकमलाई हामीले दैनिक खर्चमा मात्रै खर्चिने भन्दापनि उत्पादनशिल क्षेत्रमा लगाउन सक्नुपर्दछ ।

बीमा

वित्तिय क्षेत्रमा बीमा पनि अत्यावश्यक नै भइसकेको छ । जीवन बीमा मात्रै नभएर वर्तमान अवस्थामा निर्जिवन बीमाको पनि त्यत्तिकै आवश्यकता रहेको हुन्छ । कुनै व्यवसाय गर्दा होस् या उद्योगधन्दा सञ्चालन गर्दा जोखिम हुन्छ नै । यसर्थ सो जोखिमबाट बच्ने उपाय भनेको नै बीमा हो । नेपालमा हाल २६ वटा बीमा कम्पनीहरु रहेका छन् । जसमा नौ वटा जीवन बीमा कम्पनी रहेका छन्, भने बाँकी १७ वटा निर्जिवन बीमा कम्पनी रहेका छन् । यसर्थ आम सर्वसाधारणले पनि बीमा बारे बुझ्नु र बीमा कम्पनीले बुझाउनु पर्दछ ।

पूँजी बजार

अर्को महत्वपुर्ण विषय हो पूँजी बजार । यसलाई दुई प्रकारबाट गर्न सकिन्छ एउटा स्वधन आफ्नै धन लगाएर पूँजी परिचालन गर्ने र अर्को बैंक तथा बित्तिय संस्थाहरुबाट गर्ने तथा जनताहरुबाट पनि शेयर को माध्यमबाट पूँजी आर्जन गर्ने । शेयरमा लगानी गर्दा आफूले लगानी गर्ने कम्पनीको वास्तविक अवस्था कस्तो छ, जस्तो कम्पनीको मुनाफा, सञ्चालनको स्थिति, संस्थापक शेयर लगानीकर्ता लगायत कम्पनीका विविध पक्षको जानकारी लिएर मात्रै लगानी गर्नु राम्रो हुन्छ । हाल बैंक तथा वित्तिय संस्था संचालन भएको २÷३ वर्ष पछि आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत साधारण शेयरमा जारी गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

बजेट

राज्य सञ्चालनको लागि बजेट निर्विकल्प हुन्छ । बजेट नेपाल सरकारले एक आर्थिक वर्ष लागि तर्जुमा गर्ने गर्छ । एउटा आम्दानी र अर्को खर्च । आम्दानी र खर्चमा असन्तुलन आएमा त्यसलाई कसरी व्यवस्थित गर्न उपाय पनि खोज्नु पर्दछ । राज्यले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गरेजस्तै हामीले पनि परिवारमा हुने आय व्यवलाई अनुमानित गरी त्यसको व्यवस्थित परिचालन गर्न सक्नुपर्दछ । जसले जीवनमा आईपर्ने भैपरी समस्यालाई समाधान गर्न सकिन्छ । अनुत्पादक क्षेत्रको खर्चलाई कटौती गरि बचत गराउनमा मद्दत पुर्याउँछ ।