युनाइटेड सिमेन्टको स्कीम: १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा

August 30, 2018 12:14 pm

काठमाडौं। युनाइटेड सिमेन्टले हरेक १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने योजना ल्याएको छ। कम्पनीले गत वर्षपनि यो योजना ल्याएको थियो।केएल दुगड ग्रुपले उत्पादन गरेको यो सिमेन्ट गुणस्तरीय भएका कारण छोटो अवधिमै लोकप्रिय बनेको कम्पनीको दाबी छ।

कम्पनीको ललितपुर लेलेमा आफ्नै चुनढुंगा खानी र धादिङको नौविसेमा उद्योग छ।उद्योगले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको छ।