माउन्टेन हाइड्रोको आईपीओ भर्ने आज दिन

August 6, 2018 11:01 am

काठमाडौं, साउन २० । माउन्टेन हाइड्रो नेपाल लिमिटेड (Mountain Hydo Nepal Ltd.) ले साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो । माउन्टेनले आगामी असार २२ गतेदेखि आवेदन दिन पाइने गरी १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आईपीओ आयोजना प्रभावित क्षेत्र पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका तथा पाँचचरका अन्य बासिन्दाको लागि मात्रै रहको छ ।

यो आइपीओ आयोजना प्रभावितलाई ७ लाख ५० हजार र जिल्ला अन्य क्षेत्रबासीलाई ५ लाख शेयर निष्काशन गरेको थियो ।
यसको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । यसको शेयर आवेदनका लागि पाँचथरकै सेन्चुरी, प्रभु, सिभिल बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोबाट आवेदन दिन सकिन्छ ।

न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन दिन पाउने छ । यो कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ ।

आयोजना बनाउन ३ अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।