फिजिक्स पढेर बैंकिङ छिरेका सुमन, जसले ‘इगो हर्ट’ भएपछि कहिले पछाडि फर्कनु परेन

August 30, 2018 11:09 am

बलिउडको सुपर हिट फिल्म ‘थ्रि इडियट्स’ मा एउटा डायलग छ। ‘बैंक मे नोकरी करनी थी तो इन्जिनियरिङ काइको किया?’ उनको मनले पनि यस्तै यस्तै डायलग मारिरहँदा अचानक सुमनले फिजिक्सबाट फड्को मारेर अर्को क्षेत्रमा हामफाल्ने निधो गरे। काठमाडौं। तिनताका सुमन शर्मा कीर्तिपुरको विश्वविद्यालयमा फिजिक्स पढ्थे। सँधै झैं क्याम्पस जान हिँडिरहेका उनको आँखा पर्यो गाडी चढ्न तछाडमछाड गरिरहेका आफ्नै गुरुहरुमाथि। विश्वविद्यालयका प्राध्यापकहरु क्याम्पस आउन एउटा सानो गाडीमा कोच्चिँदैछन्। फिजिक्सका धुरन्धर विद्वानको यस्तो दैनिकी! उनको सोचाइ र वास्तविकताले कतै मेल खाइरहेको थिएन। प्रोफेसरहरुले भोगिरहेको कष्टसाध्य दैनिकीले उनीहरुको विद्वता ढाकिदिएको सुमनलाई पटक्कै मन परेन। यसैबेला उनलाई आफ्नै मनले सोध्यो ‘फिजिक्सको डिग्री हात परेपछि तँ के गर्छस्?’

फिजिक्समा युनिभर्सिटीको टप फाइभभित्र परेका सुमनलाई अध्ययन अनुसन्धानमा लगाव थियो। करियर पनि फिजिक्समै बनाउँछु भन्ने थियो। बैंकर बुवाआमाका छोरा सुमनले म्यानेजमेन्ट नपढी फिजिक्स यसै पढेका थिएनन् उनलाई रुचि नै त्यसैमा थियो।

कुनै दृश्यहरु जीवनको टर्निङ पोइन्ट बन्छन्। यस्तै भयो सुमनको जीवनमा पनि। जब उनले प्रोफेसरहरु धक्कामुक्का खाँदै कीर्तिपुर पढाउन आउने जाने गरेको देखे उनको सोचाइमा परिवर्तन आउन थाल्यो। प्रोफेसरहरुले पढाउन बाहेक अरु कुनै काम पाइरहेका थिएनन्। विदेशबाट पढेर फर्किएका प्रोफेसरहरुले पनि यहाँ नयाँ प्रयोग गर्न सकेका थिएनन्। उनीहरुले न रिसर्चको कुनै काम गर्न सक्थे न फरक ढंगबाट अध्ययन अनुसन्धान अघि बढाउन सक्ने अवस्था थियो। विश्वविद्यालयमा त्यस किसिमको पूर्वाधार पनि थिएन। सुमन यी सबै कुराहरुबाट परिचित हुँदै