पार्टी जिवन्त वनाउनको लागी युवाको महत्वपुर्ण भुमिका हुने देउवाको भनाई

March 20, 2021 6:03 pm

अनिता अर्याल,चैत ७ / चितवन
नेपाली काँग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी जिवन्त वनाउनको लागी युवाको महत्वपुर्ण भुमिका हुने वताउनु भएको छ । रत्ननगरमा नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागले गिरिजाप्रसाद कोईरालाको ११ औ स्मृति दिवसको अबसरमा आयोजित युवा जागरण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभयो ।
अर्को प्रसंगमा सहमतिले तरुण दल भित्रको विवाद पनि टुंगिने प्रष्ट पार्नुभयो ।आगामी दिनमा जनताको स्वत स्फुर्त भोट पाउने अवस्था बनाउन पर्ने भन्दै जनताको सुख दुःखमा साथ दिन कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।जनता देशको नोकर होइन मालिक भएको भन्दै मन जित्ने तरिकाले जनताको दैलोमा पुग्न पनि आग्रह गर्नुभयो ।
टिकट पाउनु भन्दा पनि पहिले काम गरेरै देखाउनु आबस्यक्ता भएको बताउनु भन्दै चुनावको तयारी गर्न र जित्नका लागी कुनै कशुर बाकी नराख्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सह माहामन्त्री तथा पुर्ब मन्त्री प्रकाश सरण महत ,नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् पुर्ब मन्त्री एन पि साउद ,पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारी , केन्द्रिय सदस्य देबेन्द्र राज कँडेल, चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठ , नेपाल महिला संघ केन्द्रिय अध्यक्ष उमा रेग्मी ,युवा नेता नैन सिंह महर , लगाएतले मन्तव्य राख्नुभयो ।
तरुण बिभाग बागमती प्रदेश सदस्य तथा युवा नेता हेमन्त पाख्रीनले स्वागत मन्तव्य राखेको कार्यक्रममा बाग्मती प्रदेश संयोजक पदम नारायण तिमिल्सिनाको संयोजकत्व सम्पन्न भएको थियो । जागरण अभियानमा नेपाली काँग्रेसको केन्द्रिय तह देखी प्रदेश ,जिल्ला , नगर र वडा तहका सबै नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।