नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन रत्ननगरमा हुदै

April 9, 2021 8:28 pm

रत्ननगर/२७ चैत
: नेपाल स्वास्थ्य शिक्षक संघको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिवार देखि रत्ननगरमा हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । अधिवेशन २ दिन सम्म चल्ने छ । कार्यक्रममा संघको नयाँ कार्यसमिति चयन संगै नेपालमा देखिएको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको महत्वको विषयमा छलफल हुने बताईएको छ ।

शनिवार स्वास्थ्य शिक्षाको विषयमा गोष्ठी र आइतवार अधिवेशनका कार्यक्रम हुने संघका केन्द्रीय सदस्य दीपक बाबु श्रेष्ठले जानकारी दिए । गोष्ठीमा महामारीको रुपमा फैलिएको कोरोनाले मानब जीवनमा पु¥याएको क्षति,खोपको प्रभावकारी,स्वास्थ्य शिक्षाको महत्व,पाठ्यक्रमको विकास,स्वास्थ्य शिक्षाको विकासको लागि गरिएका अनुसन्धानात्क सामाग्री,शिक्षकहरुको भूमिकाको विषयमा छलफल हुने उनले जानकारी दिए ।

गोष्ठीमा डा.भोजराज अधिकारी,डा.कमल आचार्य,प्रा.डा.योगेन्द्र प्रधानाङ्ग,गोविन्द देवकोटा,यदुराम उप्रेती,सुधा घिमिरे,डा.भगवान अर्याल,शुशील शर्मा,शान्तिप्रसाद खनालले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गर्ने संघका सचिव सुवास प्रसालले जानकारी दिए । अधिवेशनमा सातै प्रदेशका १९४ जना आजीवन सदस्य तथा विशिष्ट सदस्यहरुको सहभागिता रहने टाँडी क्याक्पसका पूर्व क्याक्पस प्रमुख कुशुमराज सुवेदीले जानकारी दिए । अधिवेशनको त्रिवीका निर्वतमान उपकुलपती प्रा.डा.तीर्थ खनियाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।