नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

March 26, 2021 9:53 pm

१३ चैत, काठमाडौं । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार राति मृत्यु भएको नर्भिक अस्पतालले विज्ञप्ती जारी गरेको जानकारी दिएको हो ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि उपचारको लागी वीर अस्पताल लगिएको जोशीलाई नर्भिकमा रेफर गरिएको थियो । उपचारको सवै प्रयास जारी राखीएपनि जोशीलाई वचाउन नसकिएको अस्पतालले जनाएको छ ।

मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।