चेतनशील आमा समुहको अध्यक्षमा अनिता अर्याल

April 11, 2021 9:13 am

चितवन,चैत २९
चेतनशील आमा समुह रत्ननगर १२ को अध्यक्षमा अनिता अर्याल चयन भएकी छन् । शनिवार सम्पन्न समुहको १० औ साधारण सभा तथा छैठौं अधिवेशनले अर्यालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोमा पौडेल,सचिवमा लक्ष्मी पाण्डे,कोषाध्यक्षमा चन्द्रीका देबकोटा लगायत १३ सदस्यीय समिति गठन गरिएको छ । संस्थाको अध्यक्ष निर्मला दंगालको अध्यक्षता तथा कार्यपालिका सदस्य निर्मला खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला बालबालिका शाखा कालिकाकी सम्झना दुवाडी,पन्चकन्या सामुदायिक वनकी सचिब चन्द्रा पनेरू ,अग्रज महिला बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष धनकुमारी दुवाडी ,शान्तिकुन्ज सामाजिक महिला उद्यमी सहकारीकी सचिव दुर्गा बराल,संस्थाकी पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला ढकाल,पन्चकन्या आमा समुहकी उपाध्यक्ष मिना अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

आमा समुहमा हाल आजिवन सदस्य र साधारण सदस्य गरी ३०० सदस्य रहेका छन् । संस्थाले समय समयमा सामाजिक कार्यगर्दै आएको संस्थाकी संस्थापक अध्यक्ष बिष्णुमाया भट्टराईले बताइन । आमा समुहको भवनमा भएको कार्यक्रममा जेष्ठ नागरिक र एकल महिला सम्मान समेत गरिएको थियो । बोल्ने अधिकांश बक्ताले समाज परिवर्तनका लागि सामाजिक संस्थाले महत्वपूर्ण भुमिका निर्बाहा गर्ने भएको हुँदा आगामी दिनमा अझै संस्थागत रूपमा महिला अगाडि बढनु पर्ने बताए ।