ग्रिसजस्तै टर्की पनि आर्थिक संकटको मुखमा, विदेशी ऋण बढाइरहेको नेपालले टर्कीबाट के सिक्ने?

August 30, 2018 12:42 pm

डलरसँग लिरा कमजोर भइरहँदा नेपालको पनि बलियो अवस्थामा भने छैन। भारतसँगको स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै सस्तो भइसकेको छ। एक डलरका लागि ११२ रुपैयाँभन्दा बढि खर्च गर्नु पर्ने अवस्था छ। भारतले पेट्रोलियम पदार्थको भण्डारण बढाउन धमाधम डलर भुक्तानी गरेकाले भारु कमजोर भएर नेपाली रुपैयाँ पनि कमजोर भएको हो। भारतले आफ्नो रवैया केही दिन कायम राखे नेपाली रुपैयाँले आफ्नो कमजोर ‘परफरमेन्स’ को रेकर्डलाई दिनदिनै तोड्न सक्छ। यसो हुँदा नेपालमा महँगी थप बढ्ने छ। काठमाडौं। टर्कीको मुद्रा लिराको हालत निक्कै नै खस्किन थालेको छ। २०१८ मा लिरा डलरसँग ७० प्रतिशतले कमजोर भइसकेको छ, जसले गर्दा सन्सारकै कमजोर मुद्रा भनेर चिनिन थालेको छ। गत साता मात्रै लिरा २० प्रतिशतल कमजोर भएको थियो। त्यसयता पनि लिरा झर्ने क्रम रोकिएको छैन। डलरसँग नेपाली रुपैयाँ पनि अहिलेसम्मकै कमजोर अवस्थामा छ। डलरसँग नेपाली रुपैयाँ कमजोर हुनुको कारण भारतीय मुद्रा हो। अहिले भारतीय मुद्रा पनि डलरसँग कमजोर छ।

नेपाली रुपैयाँ, भारु वा लिरा, किन झरिरहेका छन्। लिराबाटै कुरा गरौं।

टर्कीको संकट के हो र यसबाट अन्य देशलाई के प्रभाव पर्छ भनेर पहिले विश्लेषण गर्नु पर्ने हुन्छ।

केही समयअघिसम्म सन्सारकै आर्थिक शक्तिमध्ये टर्की पनि एक थियो। टर्कीको अर्थब्यवस्था उच्च दरले अगाडि बढिरहेको थियो। आर्थिक बृद्धिको आधार भने कमजोर थियो। आर्थिक बृद्धि २००८ को आर्थिक संकटसँग सम्बन्धित भएर मूल्यांकन गरिएको थियो।

सन् २००८ मा आर्थिक मन्दी भएपछि अमेरिकासहित विश्वका अन्य देशहरुले आर्थिक बृद्धि बढाउनका लागि ब्याज दर घटाए। ब्याज घटाउँदा उद्योगलाई सस्तो दरमा ऋण उपलब्ध हुन्थ्यो भन्ने विश्लेषण गरिएको थियो। टर्कीले ब्याज घटेको अवशरको खुबै फाइदा उठायो। त्यहाँका उद्योगधन्दाले अन्य देशबाट सस्तो दरमा ऋण लिएर खुबै लगानी बढाए पनि। सस्तो दरमा पैसा पाएकाले टर्कीको रियलस्टेट कारोबार तथा उत्पादनमूलक क्षेत्रले निक्कै गति लियो।

टर्कीका बैंकहरुले विदेशी बैंकहरुबाट डलरमा ऋण जुटाएर घरेलु अर्थतन्त्र उकास्न प्रयोग गरिरहेका थिए। ऋण दिने बैंक पनि खुसी थिए किनभने जसरी टर्कीका कम्पनीहरुले आफ्नो आय र मुनाफा राम्रो देखाइरहेका थिए। ऋण दिने बैंकहरु आफ्नो लगानी सुरक्षित रहेको ठानिरहेका थिए।