केएफसी को नयाँ शाखा चितवनमा

March 31, 2021 5:22 pm

चितवन,चैत १८
विश्वमा लोकप्रिय केएफसी को नयाँ शाखा सिजि ल्याण्डमार्कमा सञ्चालनमा आएको छ । अन्तराष्ट्रिय चेन रेस्टुँरा केएफसि शहर भित्रको शहर मानिने सिजी ल्यान्डमार्कमा सञ्चालनमा आएको हो ।

रेस्टुँरामा अन्तराष्ट्रिय स्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ । केएफसिको नेपालका लागी आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनलले नेपाल प्रालिले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो । एक भव्य समारोहका विच सिजि ल्याण्डमार्कका अध्यक्ष एवंम् युवा व्यवसायी राजेन्द्र अर्यालले रिवान काटेर केएफसी चितवन शाखाको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै विभिन्न अन्र्तराष्ट्रिय व्राण्डहरुलाई चितवने ग्राहकमाझ सहज उपलब्ध गराउदै आएको सिजि ल्याण्डमार्कको पहलमा केएफसी सञ्चालनले चितवने पोल्ट्री क्षेत्रको प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आफ्नै गाँउ शहरमा अन्र्तराष्ट्रिय स्वादका पकिार पस्केर केएफसीले नयाँ सम्बन्ध बढाउने समेत उनले विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा सिजि ल्याण्डमार्कका म्यानेजर उज्वल केसीले महल संस्कारमा आर्कषित बनेका चितवने ग्राहकवर्गहरुमा केएफसीको नयाँ शाखाले थप उचाई थप्ने दावी गरे । उनले सिजि सधै चितवनको व्यवसायीक विकासमा नयाँ नयाँ व्यवसायीक प्रर्वद्धनमा थप सशक्त रुपमा अगाडी बढ्ने समेत बताए ।

रेस्टुँराले कोभिड बाट बच्नकालागी अन्तराष्ट्रिय बिभिन्न चार स्तरका सुरक्षा मापदण्ड कायम गरेको छ । रेस्टुँरामा बन्ने सम्पुर्ण खानाहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार बन्ने र सम्पुर्ण हिसाबले खाना गुणस्तरिय र सुरक्षित रहनेछन् । रेस्टुँरा १५१५ बर्गफिट क्षेत्रफमा सञ्चालनहुने र चालिस जना ग्राहकलाई एक पटकमा सेवा दिन सक्नेछ । रेस्टुँराले सुरुकै दिनबाट टेक अवे र मेरो किनमेल मार्फत होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ । रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।